काठमाडौँ । ‘फेरि रेशम फिलिली’का लागि अभीनेत्री सुपुष्पा भट्ट र विनय श्रेष्ठले यति धेरै मेहनत गरेका रहेछन् । सिनेमा ‘फेरि रेशम फिलिली’ का लागि नायिका सुपुष्पाले १० केजी वेट बढाएको बताएकी छन् ।
क्यारेक्टर अनुसार आफूलाई ढाल्ने क्रममा आफूले १० केजी वेट बढाएको उनले बताएकी छन् । यता नायक विनयले भने ५ केजी वेट घटाएका थिए । दुब्लो पातलो क्यारेक्टर बनाउनुपर्ने भएकाले आफू ५ केजी वेट घटाएको उनले बताएका छन् ।
विनय श्रेष्ठ र सुपुष्पा भट्ट स्टारर ‘फेरि रेशम फिलिली’ बुधबारदेखि देशभर प्रदर्शन तयारीमा छ ।







१२ फाल्गुन २०८१, सोमबार १४:२१ 








