सिगिंङ स्टार नेपालमा प्रतिस्पर्धा गरिरहेका प्रेम परियार

...

काठमाडौँ । आज भन्दा १० बर्ष अघिको ‘मर्ने कसैलाई रहर हुँदैन’ गीत नसुन्ने दर्शक स्रोता सायदै होलान् । नाई नभन्नु ल २ मा समावेश उक्त गीत प्रेम परियारले गाएका थिए । उक्त गीत गाएको केहि महिनामै उनको स्वरमा परिवर्तन आयो । उनी त्यो समयमा जम्मा १२ बर्षका थिए । त्यसपछि उनले केहि समय पछि अन्य गीत पनि गाए तर स्वर परिवर्तन भएका कारण उनका गीत खासै दर्शक स्रोतामाझ चर्चामा आएनन् ।

Prem Pariyar

अहिले उनी २२ बर्ष पुगिसकेका छन् । उनी अहिले गायन रियालिटी शो ‘सिगिंङ स्टार नेपाल’मा प्रतिस्पर्धा गरिरहेका छन् । उनी अडिसनबाट सिधै उत्कृष्ट १२ मा प्रवेश गरेका छन् । प्राइभ टेलिभिजन र बुढासुब्बा डिजिटल युट्युव च्यानलबाट आउने सिगिंङ स्टार नेपालमा किन गए ? हामीले प्रश्न गरेका छौं । उनले उत्तरमा यसो भन्छन्, ‘मेरो सानोबाट ठुलोमा आउँदा स्वर परिवर्तन भएसँगै धेरैले प्रेमको स्वर बिग्रिएको होकि भन्ने सोच्नुभयो । फेरी दर्शक तथा स्रोता माझ म आफूलाई चिनाउनका लागी यो स्टेजमा आएको हुँ । म गीत गाइरहेको छु भन्न चाहान्छु ।’

बाँकी भिडिओबाटः