
काठमाडौँ। विष्णु सापकोटाले गायिका एलिना चौहानको सबै फोटो र भिडियोहरु आफ्नो सामाजिक सञ्जालबाट हटाएका छन्। सम्बन्धविछेद भएपछि विष्णु र एलिनाले एक अर्काको फोटो र भिडियो आफ्नो सामाजिक सञ्जालबाट हटाएका थिएनन्। विवाहको बेला खिचिएका तस्विरहरु र विवाहपछि यी दुईले सँगै मिलेर बनाएका भिडियोहरु, दुवैको टिकटक र फेसबुकमा छ्याप्छयाप्ती थिए। तर अहिले भने विष्णु सापकोटाले एलिनाको सबै तस्विर र भिडियो टिकटकबाट हटाएका छन् ।
गायिका चौहानले भने पूर्व श्रीमानसँग तस्विर र भिडियोहरु अहिलेसम्म हटाएकी छैनन् । उनको टिकटकमा अहिले पनि विष्णुसँगका भिडियो र विवाहका तस्विरहरु यथावतै छ।