काठमाडौं । गायक राजन राज सिवाकोटी र गायिका भूमिका गिरीको स्वरमा सार्वजनिक ‘छकि छैन मन्जुरी’ बोलको गीत सार्वजनिक भएको केहि दिनमै युट्युवको ट्रेन्डिङमा पर्न सफल भएको छ । गीतको भिडिओ अहिलेसम्म नेपालको युट्युवको संगीत तर्फको २० औं नम्बर ट्रेन्डिङमा पर्न सफल भएको छ । वरिष्ठ गीतकार राजेन्द्र थापाको शब्द रहेको गीतमा संगीत पनि राजनराजले नै भरेका छन् । गीतको एरेन्जको काम भने देवेस राईले गरेका हुन् ।
गीतको भिडिओमा राज आचार्य र सुनिशा बजगाईँले अभिनय गरेका छन् । उनीहरु रियल जीवनको जोडी पनि हुन् । गम्भिर बिष्टको निर्देशन रहेको भिडिओलाई दिनेश पराजुलीले खिचेका हुन् भने मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।
गीतबारे बोल्दै गायिका भूमिकाले गीतमा आएको प्रतिक्रियाबाट आफू निकै खुसी भएको बताएकी छिन् । १८ फेब्रअरीमा भूमिका गिरी युट्युव च्यानलमा सार्वजनिक भिडिओलाई अहिलेसम्म १ लाख ६३ हजार भन्दा बढी पटक हेरिएको छ ।







१३ फाल्गुन २०८१, मंगलवार १८:३२ 








