बलिउड अभिनेत्री बनिन् नेपाली बुहारी

...

काठमाडौँ । बलिउड फिल्म ‘जुगजुग जियो’ अभिनेत्री प्रजक्ता कोली नेपालको बुहारी बनेकी छन् । नेपाली युवक वृशांक खनालसँग मंगलबार उनले विवाह गरेकी हुन् । जसको जानकारी कोलीले सामाजिक संजाल इष्टाग्रामबाट दिएकी छन् ।

उनीहरुको विवाह भारतको खालापुर सहरमा रहेको एक पाँचतारे रिसोर्टमा भएको हो । विवाहमा वृशांकले सेतो रंगको शेरवानी र प्रजक्ताले लेहंगा लगाएकी थिइन् । विवाहको केही तस्वीरमा प्रजक्ताले नौगेडी र लामो तिलहरी लगाएको देखिन्छ । उनीहरुको विवाह हिन्दू परम्पराअनुसार अनुमान लगाउन सकिन्छ ।

उनलाई बलिउड कलाकारहरु मनिषा कोइराला, हुमा कुरैसी, दीया मिर्जा, विक्रान्त मेस्सी, अनन्या पाण्डे, जरिन खान लगायतले बधाई दिएका छन् । ‘जुगजुग जियो’मा उनले अभिनेता वरुण धवनकी बहिनीको भूमिकामा अभिनय गरेकी थिइन् ।