नेपालकी चेलीको बलिउड कलाकारसँग विवाह

...

काठमाडौं  ।  नेपालकी चेली आरती खरेल भारतका टेलिभिजन कलाकार देव जोशीसँग विवाह बन्धनमा बाधिएकी छिन् । आफ्नो लामो समयदेखिको प्रेमलाई दुवैले नेपालकै लुम्बिनिमा विवाह परिणत गरेका हुन् । भारतीय धारावाहिक ‘बालविर’ मा प्रमुख पात्रको रुपमा देखिएका देव जोशी र नेपालकी आरती प्रेमी- प्रेमिकाबाट श्रीमान् श्रीमती बनेका हुन् ।

दुवैले आफ्ना नजिकका परिवारका सदस्यहरू र साथीहरूको सहभागितामा विवाह गरेका हुन् । अहिले दुवैलाई फ्यान र शुभचिन्तकहरूले बधाई तथा शुभकामना दिइरहेका छन् । आरती र देवको हिन्दू संस्कार अनुसार विवाह बन्धनमा बाँधिएका छन् ।