काठमाडौँ । राष्ट्रिय महिला फुटबल टीमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले दर्शकसँग माफी मागेकी छन् । समर्थकसँग माफी माग्दै एन्जिलाले लेखेकी छन् कृपया खेलाडीहरूलाई आलोचना नगर्नुहोस् ।
फोर नेसन्स कपको फाइनलमा म्यानमारसँग २–० गोल अन्तरले पराजित भएपछि फेसबुकमा लामो स्टाटस लेख्दै उनले भनेकी छन्, ‘फेरि पनि हामी फाइनलमा चुक्यौं । कप्तानको रुपमा म सबै समर्थकसँग माफी माग्न चाहन्छु ।’ उनले थप लखेकी छन्, ‘मैदानमा उपस्थित १६ हजार दर्शकहरु र सधैं हामीलाई माया गर्ने करोडौं समर्थकहरु, हामीले तपाईंहरुले अपेक्षा गरको र चाहेको नतिजा दिन सकेनौं ।’
यससँगै नेपाली महिला फुटबल टिम विभिन्न प्रतियोगितामा १३ औंपटक उपविजेतमा सीमित भएको छ । उपविजेतामा सीमित भएपछि कप्तान तुम्बापोले दर्शकसँग माफी मागेकी हुन् ।








१५ फाल्गुन २०८१, बिहीबार १५:५० 








