
काठमाडौं । ‘लाज शरणम्’का निर्माता , निर्देशकले १५ वटा टिकटक एकाउन्टविरुद्ध साइबर ब्यूरोमा उजुरी हालेका छन् । फिल्मका दृश्य खिचेर सामाजिक संजालमा पोस्ट गर्ने एकाउन्टविरुद्ध फिल्म ‘लाज शरणम्’ले प्रहरीको साइबर ब्यूरोमा विहिबार उजुरी दिएको छ ।
प्रहरीमा दिएको उजुरीमा भनिएको छ, ‘यस चलचित्रका टुक्राहरू सिनेमा घरमा गएका दर्शकले मोबाइल फोन भिडियो क्यामेरामार्फत उक्त सिनेमाको भिडियो खिचि सामाजिक संजालमा पोस्ट गरिरहेको सो काम निरन्तर भइराखेको हुनाले उक्त क्लिपहरू हटाइ आवश्यक कार्वाही गरिपाऊँ भनी विनम्र निवेदन पेश गर्दछु ।’