‘अधकट्टी’ च्यारेटीबाट ८ लाख संकलन

...

nepali movie adhakatti charity show

असार २, काठमाडौं । फिल्म अधकट्टीको च्यारेटी शो सम्पन्न भएको छ । जसबाट करिब ८ लाख संकलन भएको छ । काठमाण्डौको कुमारी हलका २ वटै पर्दामा देखाईएको फिल्मबाट उक्त रकम उठेको निर्माता प्रदिप कुमार उदयले जानकारी दिएका छन् । अन्तर्राष्ट्रिय कलाकार मञ्चको आयोजना र नायिका ऋचा शर्माको संयोजकत्वमा च्यारेटी कार्यक्रम आयोजना भएको हो ।

 

भुकम्पबाट प्रभावित चलचित्रमा काम गर्ने प्राविधिकहरुको सहयोगार्थ यो च्यारेटी शोको आयोजना गरिएको हो । च्यारेटीबाट उठेको सम्पुर्ण रकम एक कार्यक्रम आयोजना गरेर हस्तान्तरण गरीने बताईएको छ ।

 

उक्त च्यारेटीमा अधिकांश कलाकारहरुको उपस्थिती देखिएको थियो । नायक आर्यन सिग्देल, सुदर्शन थापा , अभिनेत्रीहरु प्रियंका कार्की, केकी अधिकारी, वेनिशा हमाल, ऋचा शर्मा, पूजा शर्मा हलमा देखिएका थिए। फिल्मका मुख्य कलाकार अशिष्मा नकर्मी, रिस्ता बस्नेत, गौरव पहारी, गजित बिष्ट, प्रदिप बाँस्तोला, नम्रता श्रेष्ठ पनि हलमा देखिएका थिए ।
हाँस्य प्रधान फिल्म भन्न मिल्ने अधकट्टीमा कलाकार विल्सन विक्रम राइले दर्शकलाई निकै नै हँसाएका थिए । फिल्मको प्रदर्शन मिति जेठ ८ गतेका लागि तोकिएको भएनि भुकम्पका कारण सार्वजनिक प्रदर्शनमा ढिलाई भएको छ ।