काठमाडौं । बलिउड अभिनेत्री कियारा आडवानी र अभिनेता सिद्धार्थ मल्होत्रा आमाबुबा बन्ने भएका छन्। उनीहरूले इन्स्टाग्राममार्फत उक्त जानकारी दिएका हुन्। कियारा र सिद्धार्थले इन्स्टाग्रामा एक तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, हाम्रो जीवनको सबैभन्दा प्यारो खुशी छिट्टै आउँदैछ।
उनीहरूले यस जानकारी दिएसँगै फ्यान र कलाकारले बधाई दिइरहेका छन्। कियारा र सिद्धार्थले ७ फेब्रुअरी २०२३ मा विवाह गरेका थिए। उनीहरूको विवाहको भिडिओ सामाजिक सञ्जालमा निकै भाइरहल भएको थियो।







१६ फाल्गुन २०८१, शुक्रबार १६:२० 








