‘वसन्त’को गीत ‘बिना स्वादैको’ सार्वजनिक

...

काठमाडौँ । गायक तथा अभिनेता प्रकाश सपुतको निर्देशनमा निर्माण भएको फिल्म ‘वसन्त’को गीत ‘बिना स्वादैको’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको भिडियोमा कलाकारद्वय प्रभात पाल ठकुरी, श्री शिभान्सी र गायक देवेन्द्र बब्लु र मुख्य सहायक निर्देशक सुनिल विक तथा कलाकार विशाल पहारी प्रस्तुत छन् ।

गायक देवेन्द्र बब्लुको स्वर तथा परिकल्पना रहेको गीत र संगीत गायक तथा निर्देशक प्रकाश सपुत र देवेन्द्र बब्लु र संगीत संयोजन योगेश काजी शाहको छ । हरर रोमान्टिक थिममा तयार पारिएको गीतको भिडियोले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ । एक जोडीको अन्तर जातीय प्रेम पश्चात् परिवारले उनीहरूको मोहनी फुकाउन गर्ने विभिन्न घटनालाई देखाइएको छ ।

फिल्म आगामी चैत्र २२ गते चैते दसैँको अवसरमा नेपालभरका रिलिज हुँदैछ । फिल्म प्रकाश र स्वस्तिमासँगै प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय रहेको छ । गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौँ र तराईका विभिन्न ठाउँमा फिल्मको छायाङ्कन गरिएको हो ।