झमक घिमिरेको स्वास्थ्यमा समस्या

...

काठमाडौँ  ।  मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरेको स्वास्थ्यस्थिति जटिल बन्दै गएको छ । जन्मजात मष्तिष्क पक्षघातबाट पीडित ४४ वर्षीया झमकका दुवै हात र खुट्टा चल्दैन, र बोल्न सक्दिनन् । तर शारिरिक दुर्बलतालाई पराजित गरेर उनले १४ कृतिहरू प्रकाशित गरिसकेकी छिन् । उनको आत्मकथा “जीवन काँडा कि फूल” ले २०६८ सालको मदन पुरस्कार जितेको थियो ।

हाल नसाको समस्या थप भएपछि उनी बिरामी परेकी छिन् । उनलाई बस्न र खानामा समस्या भईरहेको छ । सरकारले काठमाडौंमा घर उपलब्ध गराए पनि केहि पक्षले असुरक्षित गराएपछि लामो समय बस्न सकिनन् । मासिक २५ हजार रुपैयाँ भत्ता र पुस्तक बिक्रीबाट उनको जीवनयापन र उपचार चलिरहेको छ ।

नेपाली भुमिबाट संसारलाई संघर्ष र सफलताको उदाहरण दिइरहेकी झमक घिमिरेको सुस्वास्थ्यको कामना ।