काठमाडौं । ‘कन्टेन्ट क्रिएटर’ इस्टु कार्की सामाजिक संजालमा प्रायः चर्चामा रहन्छिन् । टिकटक भिडियो, भ्लगदेखि उनका फोटोले टाइमलाइनमा चर्चा बटुलिरहेका देखिन्छन् । नोभेम्बर दोस्रो साता उनले माइपोखरीको पर्यटन प्रवर्द्धन गर्न भन्दै घुमघामको रोचक भ्लग बनाएकी थिइन् । स्लिभलेस पहिरनमा उनले माइपोखरीको सौन्दर्यको वर्णन गर्दै घुम्नको लागि उपयुक्त थलो बताएकी थिइन् ।
माइपोखरीमा उनले लगाएको स्लिभलेस पहिरनसहितको फोटो केही घण्टामै भाइरल भयो । यो फोटोबाट इस्टुले गाली र ताली दुबै पाइन् । कतिपयले अश्लिल भन्दै आलोचना गरे भने कतिपयले उनको कामको प्रशंसा गरे । उनलाई लिएर ट्रोल पनि चल्यो । माइपोखरीको उक्त भिडियो र फोटोलाई लिएर चलिरहेको सामाजिक संजालको चर्चा अहिलेसम्म सेलाएको छैन ।
यस्तोमा, सोमबार उनले नयाँ फोटोहरू सेयर गरेकी छन् जसमा माइपोखरीको आलोच नालाई उनले सांकेतिकरुपमा खण्डन प्रयत्न गरेकी छन् । उनले सार्वजनिक गरेको नयाँ फोटोहरू पनि इलामकै हो । हरियो चिया बगानलाई पृष्ठभूमिमा राखेर उनले खिचेका तस्वीर आकर्षक पनि छन् ।
यो फोटोमा उनी स्लिभलेस पहिरनमै देखिएकी छिन् । उनले लगाएको कालो रङको पहिरनमा लेखिएको छ, ‘माइ बडी, नट् योर्स’ । इस्टुले यी शब्द मार्फत यस अघिका आलोचना र गालीलाई सांकेतिक रुपमा जवाफ दिन खोजेकी छिन् ।







१९ फाल्गुन २०८१, सोमबार १४:४८ 








