पल शाहका १० लाख फलोअर्स

...

काठमाडौं । पल शाहको सामाजिक सञ्जाल फेसबुकमा धेरै भन्दा धेरैले पछ्याइरहेका छन् । उनको भेरिफाइड फेसबुक पेजमा उनलाई पछ्याउने फ्यानहरुको संख्या एक मिलियन अर्थात १० लाख नाघेको छ । पल शाहलाई हेर्नका लागि अहिले महोत्सवहरुमा बाक्लो भिडभाड लागेको देखिन्छ । पलको एक झलक पाउनका लागि दर्शकबीच भागदौडको स्थिति नै सिर्जना हुन्छ ।

आफ्ना फलोवर्स १० लाख पुगेको कुराले खुशी भएका पलले सामाजिक सञ्जालमा एउटा पोस्टरसहितको पोस्ट नै शेयर गरेका छन् । १० लाख फलोअर्स भएकोमा खुशी व्यक्त गर्दै उनले सबैलाई धन्यवाद पनि दिएका छन् । १० लाख फलोवर्स भएसँगै पल अत्यधिक फलोअर्स भएका अभिनेता बन्न सफल भएका छन् ।

अभिनेता पल शाह अभिनित फिल्म ‘मायावी’ अहिले देशका विभिन्न सिनेमा हलहरुमा प्रदर्शन भइरहेको छ ।

paul saha