
काठमाडौँ । दक्षिण भारतीय कन्नड फिल्म उद्योगकी चर्चित अभिनेत्री रान्या राव सुन तस्करी मामिलामा पक्राउ परेकी छन् । सुन तस्करीको आरोपमा उनलाई बेंगलुरु अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ ।अभिनेत्री रावका सौतेनी बुवा के. रामचन्द्र राव कर्नाटकका आईपीएस अधिकारी हुन् । रिपोर्टअनुसार रान्या १५ दिनमा चारपटक दुबई पुगेपछि प्रहरीको अनुसन्धानमा परेकी थिइन् ।
रान्याको साथबाट प्रहरीले सोमबार राति बेंगलुरुको केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलमा १४.८ किलो सुन बरामद गरेको भारतीय संचारमाध्यमले जनाएका छन् । पीटीआईले अधिकारीलाई उद्धृत गर्दै बताएअनुसार राजस्व गुप्तचर निर्देशनालय डीआरआईले पक्राउ गरेको हो । पक्राउपछि रान्यालाई आर्थिक अपराध अदालतमा पेश गरियो, जसले उनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाएको छ ।
रान्या कन्नड सुपरस्टार सुदीपको अपोजिट फिल्म ‘माणिक्य’ ९२०१४० मा उनको भूमिकाका लागि परिचित छिन् । उनले अन्य धेरै साउथ फिल्ममा पनि भूमिका निर्वाह गरेकी छिन् ।