
काठमाडौँ । अभिनेता तथा निर्माता दीपकराज गिरी भन्छन् नेपाली सिने क्षेत्रमा एउटा फिल्मले अर्को फिल्मको दुष्प्रचारमा मेहनत गर्न थालिएको छ । गिरीका अनुसार गत दशैँदेखि यो प्रथाको थालनी भएको हो, जसले फिल्म उद्योगलाई कहाँ पुर्याउने होला भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।
वास्तवमा यो कुप्रथाबाट गिरीको पछिल्लो फिल्म ‘छक्का पञ्जा–५’ समेत पीडित भएको थियो । यसै सन्र्दभमा उनले आजकल एउटा चलचित्रले अर्को चलचित्रको दुश्प्रचारमा मेहनत गर्न थालेको देखियो, दशै देखि सुरू भएको यो प्रथाले उद्योगलाइ कॉहा पुर्याउने होला ? भन्दै फेुसबुकमा पोष्ट गरेका छन् ।