काठमाडौं । शिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि रिलिज आएको फिल्म ‘लाज शरणम्’ प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको हो । उच्च शोसहित यो फिल्म दोस्रो हप्तामा प्रवेश गरेको हो । राम्रो व्यापारसहित फिल्म दोस्रो हप्तामा प्रवेश गरेको निर्माण पक्षले जनाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा काठमाडौं उपत्याकामा मात्रै यो फिल्मलाई बिहीवार २१ शो दिइएको छ । देशभर १५० भन्दा बढी शो रहेको छ ।
‘लाज शरणम्’ले पहिलो दिन एक करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । त्यस यताको कलेक्सन भने निर्माण पक्षले सार्वजनिक गरेको छैन ।फिल्ममा महेश त्रिपाठी, सिताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन् । ‘लाज शरणम्’लाई कुमार कट्टेलले निर्देशन गरेका हुन् ।







२२ फाल्गुन २०८१, बिहीबार १२:२५ 








