काठमाडौँ । चौथो पटक हृदयघात भएर अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाह डिस्चार्ज भएका छन् । उनी हृदयघात भएपछि आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका थिए ।
उपचारपछि शाह आज बिहान डिस्चार्च भएको उनको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । शाहलाई एक सातापछि पुन फलोअपमा बोलाइएको स्रोतले बताएको छ ।







२२ फाल्गुन २०८१, बिहीबार १५:१९ 








