काठमाडौं । अभिनेत्री गौरी मल्ललाई मातृशोक परेको छ । उनकी ८८ वर्षिया आमा हेमकुमारीको विहिबार दिउँसो उपचारको क्रममा गंगालाल अस्पतालमा निधन भएको छ ।
हेमकुमारीको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा अन्त्येष्टिको लागि लगिएको छ । उनको शवलाई अस्पतालबाट आर्यघाट लगिएको छ ।
अन्तिम श्रद्धाञ्जली दिन चलचित्र कलाकारहरू आर्यघाटमा पुग्ने क्रम जारी छ । हेमकुमारीका २ सन्तान छन्, जसमध्ये गौरी जेठी हुन् ।







२२ फाल्गुन २०८१, बिहीबार १५:४४ 








