काठमाडौँ । ‘चलचित्रमा नारी’ नारासहित आयोजित तीन दिने ‘महिला चलचित्र महोत्सव’ बिहीबार सकिएको छ । वरिष्ठ सामाजिक अभियन्ता अनुराधा कोइरालाको उपस्थिति ६ नारीलाई सम्मान गर्दै महोत्सव सकिएको हो । गत मङ्गलबारबाट सरस्वतीनगर, चाबहिलस्थित चलचित्र विकास बोर्डमा सुरु भएको महोत्सव ११५ औँ महिला दिवसको अवसर पारेर चलचित्र विकास बोर्डअन्तर्गत रहेको महिला चलचित्रकर्मी सशक्तीकरण समितिले आयोजना गरेको थियो ।
महोत्सवको उद्घाटन काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले गरेकी थिइन् । त्यसपछि ४२ वर्ष पुरानो फिल्म प्रदर्शन गरिएको थियो । फिल्म ‘सिन्दूर’ प्रदर्शनसँगै सुरु भएको महोत्सव आज अन्तिम दिन महिला प्रधान नाटक ‘दृश्य परिदृश्य’ मञ्चनसँगै सकिएको हो ।
कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धर, रश्मि भट्ट, शोभा श्रेष्ठ, गीता अधिकारी, सरिता साह, पशुपति राई र थिन्ले ल्हामो सम्मानित भएका थिए ।







२३ फाल्गुन २०८१, शुक्रबार १०:३७ 








