देशभरका हलमा ‘होस्टेल ३’

...

काठमाडौं । हिट फिल्म होस्टेलको तेस्रो शृंखला ‘होस्टेल ३’  आजबाट देशभरका हलमा प्रदर्शनमा आएको छ। युवा पुस्तालाई लक्षित गरेर निर्माण गरिएको ‘होस्टेल ३’ ले हलमा उत्साहजनक शो पाएको छ। सशान कँडेलको निर्देशन रहेको फिल्मबाट चर्चित टिकटकरदेखि स्टार किड्ससम्मले फिल्ममा डेब्यु गरेका छन्।

चर्चित टिकटकर कुल ब्वाइ अर्थात पारस बम ठकुरी, सिम्रन पन्तले यसबाट फिल्म करिअर सुरू गरेका छन्। त्यस्तै, चर्चित अभिनेता केदार घिमिरे माग्नेबुढाका छोरा आशिष घिमिरेले डेब्यु गरेका छन्। सोसल मिडियामा चर्चित पदम तामाङ, गायन रियालिटी शोबाट चम्किएका रिहान गिरी, मिस सुप्रानेसनल नेपाल २०२३ समा पराजुलीले होस्टेल-३ बाट फिल्म यात्रा सुरू गरेका छन्।

यो फिल्ममा होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनएजरहरूको कथा समेटिएको छ।