फिल्म ‘जवाफ’ निर्माणको घोषणा

...

काठमाडौँ ।  ‘छड्के २’ का निर्माता प्रशान्त गिरीले नयाँ फिल्मको रुपमा ‘जवाफ’ निर्माणको घोषणा गरेका छन् । थिम पोस्टर सार्वजनिक गर्दै फिल्म घोषणा निर्माण टिमले गरेका हुन् । पोस्टरले फिल्म एक्सन-थ्रीलर जनरामा बन्ने संकेत गर्छ ।

सार्वजनिक पोस्टरमा एक पात्र पेस्तोल लिएर बीच सडकमा उभिएका छन् । ती पात्रको परिचय भने खुलाइएको छैन । पोस्टरको पृष्ठभूमिमा प्रहरीको भ्यान र कंक्रिट सहर देखिन्छ ।

२०८३ सालमा रिलिज लक्ष्य राखिएको फिल्मलाई करणले निर्देशन गर्नेछन् । उनी साउथ फिल्मका निर्देशक हुन् । कलाकारहरु भने छनोट हुन बाँकी रहेको छ । फिल्मको कार्यकारी निर्मातामा सञ्चारकर्मी सचित खड्का छन् ।