सार्वजनिक कार्यक्रममा देखिइन् गुमनाम नम्रता

...

काठमाडौं । लामो समयको  अन्तरालपछि अभिनेत्री नम्रता श्रेष्ठ सार्वजनिक कार्यक्रममा देखिएकी छिन् । धुलिखेल नगरपालिकाले ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार आयोजना गरेको छलफल सत्र र सम्मान कार्यक्रममा उनी अतिथिको रुपमा सहभागि भएकी थिइन् । शुक्रबार कार्यक्रममा देखिएकी नम्रताको हेयर स्टाइल र लुक्समा परिवर्तन देखिन्छ । कार्यक्रममा बोल्दै नम्रताले महिला र पुरुष दुवैजना मिलेको खण्डमा राष्ट्रलाई उच्च स्थानमा लैजान सकिने बताइन् ।

महिलाको सोचलाई सम्मान र साथ दिएको खण्डमा महिलाले जुनसुकै काम पनि गर्न सक्ने नम्रताको भनाई छ । उनले महिलालाई मात्र नभएर पुरुषलाई पनि उत्तिकै सेलिब्रेट गर्नुपर्ने बताइन् ।

सन् २००८ मा रिलिज भएको ‘सानो संसार’बाट नेपाली फिल्ममा डेब्यु गरेकी नम्रताले करिअरमा १७ फिल्ममा अभिनय गरेकी छन् । उनको पछिल्लो फिल्म ‘जाइरा’ थियो ।