काठमाडौं । कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर रहेको गीत ‘सालको पातको टपरी’ ले युट्युबमा १०० मिलियन भ्युज पाएको छ। सार्वजनिक हुनासाथ स्रोता तथा दर्शकको मन जितेको यो मौलिक लोकदोहोरी गीतलाई युट्युबमा १० करोडभन्दा बढी पटक हेरिएको हो। भिडिओमा ४ लाख २० हजार बढी लाइक आएका छन् भने १५ हजार बढीले प्रतिक्रिया जनाएका छन्।
बसन्त थापाको संगीत रहेको यो गीतका शब्द नवराज पन्तले लेखेका हुन्। संगीत संयोजन आशिष अविरलको छ। गीतले १० करोड भ्युज पाएसँगै यसका संगीतकार, गायक तथा भिडिओ निर्देशकले सामाजिक सञ्जालबाट खुसी साटेका छन्। अन्य लोक संगीतकर्मीले पनि खुसी व्यक्त गरिरहेका छन्।
यसअघि लोक विधाबाट खेम सेन्चुरीद्वारा संगीतबद्ध रहेको शान्तिश्री परियारको अरेली काँडैले ले १० करोड भ्युज पाएको थियो। यद्यपि, यसमा शान्तिश्रीको एकल स्वर छ। लोकदोहोरी गीतमा भने सालको पात टपरी युट्युबमा १० करोड भ्युज पाउने पहिलो गीत बनेको छ।







२५ फाल्गुन २०८१, आईतवार १०:५८ 








