
काठमाडौँ । आफ्नो जीवनसँग गीतको तुलना नगर्न आग्रह गर्दै एलीना चौहान । गायिका एलिना चौहान ’छुट्यो पिरिम’ गीतका कारण चर्चामा छिन् । तर, उनी आफ्नो जीवनसँग गीतको तुलना नगर्न आग्रह गर्दै भन्छिन् कि गायकले गाएको गीत अनिवार्य रूपमा उसकै व्यक्तिगत अनुभवसँग मेल खाँदैन।
उनले स्पष्ट पारेकी छिन् कि यो गीत उनीले लेखेको होइन, केवल गाएकी मात्र हुन्। एलिना भनेकी छिन्, “गीतले गायकको जीवनसँग मेल खानु जरूरी छैन, र गायकले गाएका गीतलाई व्यक्तिगत घटनासँग जोड्नु उपयुक्त होइन।
उनले उदाहरण दिँदै भनिन् , मैले विवाहको बेला ’कट्टा हान्दिन्छु’ गीत गाएको थिए, त्यसलाई अहिलेको गीतसँग कसरी तुलना गर्ने ?