‘छक्का पन्जा’ले गर्यो सय दिने सेलिव्रेशन कार्यक्रम

...

पुस, काठमाडौं । चलचित्र ‘छक्का पन्जा’ले प्रदर्शनको सय दिन पुगेको अवसरमा सेलिब्रेशन कार्यक्रम गरेको छ । बुधबार ललितपुरको श्रीकाली चौरमा भएको सो कार्यक्रममा चलचित्र युनिटको साथमा विभिन्न चलचित्रकर्मी र पत्रकारहरुको उपस्थिती थियो । साथै चलचित्रसँग सम्बन्धित चलचित्रकर्मि र पत्रकारहरुलाई मायाको चिनो र कदरपत्र समेत प्रदान गरीएको थियो ।

deepa-shree-niraulaनेपाली चलचित्रको इतिहासमै १५ करोड माथिको ग्रस व्यापार गर्न सफल भएको छक्का पञ्जा अहिले पनि केहि सिंगल हलमा पनि चलिरहेको छ ।

साथै चलचित्र युनिटले सेलिब्रेशन कार्यक्रममा प्राविधिकहरुलाई चलचित्र सफल भएको अवसरमा बोनस समेत बाडिएको थियो ।