दुर्गेश थापाको ‘दुश्मन हेरेको हेर्‍यै’ ग्लोबल ट्रेन्डिङमा

...

काठमाडौँ । दुर्गेश थापाको ‘दुश्मन हेरेको हेर्‍यै’ युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा । हामीले समचार तयार बनाउँदासम्म यो गीत ट्रेन्डिङको ६७ औं स्थानमा छ । ८ साताअघि युट्युबमा रिलिज भएको यो गीत आइतबार ८६ औं स्थानमा थियो ।

सोमबार अन्य चर्चित गीतलाई उछिन्दै ६७ औं स्थानमा उक्लिन सफल भएको हो । यति मात्र होइन, यो गीत पछिल्लो २८ दिनमा युट्युब चार्टमा सबैभन्दा धेरै हेरिने नेपाली गीत बनेको छ ।

मेला महोत्सवदेखि टिकटक र रिल्समा समेत लोकप्रिय यो गीतमा दुर्गेश आफैको शब्द र संगीत छ । आनन्द कार्की, दुर्गेश, एलिना चौहान र समीक्षा अधिकारीको स्वर समावेश छ ।