‘ग्याङस्टार ब्लूज’मा नयाँ नायिका रोजिसा शाहीको इन्ट्री

...

पुस, काठमाडौं । बन्ने तयारीमा रहेको चलचित्र ‘ग्याङस्टार ब्लूज’मा नयाँ नायिकाको इन्ट्री भएको छ । नवनायिका रोजिसा शाही पनि यस चलचित्रमा अनुबन्धित भएकी छिन् । यस अघि घोषणा भएका चलचित्रमा मुख्य भूमिकामा आशिरमान देसराज, आना शर्मा र गौरव पहारीसँग रोजिसा पनि रहने बताइएको छ ।
????????????????????????????हेमराज वीसीले निर्देशन गर्ने यो चलचित्रलाई सरोज न्यौपानेले निर्माण गर्न लागेका हुन् । चलचित्र आउँदो फागुनबाट छायांकन जाने छ । सन् २०१३ को ‘मिस अर्थ, नेपाल’ बनिसकेकी रोजिसाले यस अगाडि ‘आधा लभ’ नामक चलचित्रमा काम गरिसकेकी छिन् । तर, यो चलचित्र रिलिज भने भएको छैन ।