
काठमाडौँ । सदाबहार लोकप्रीय गायक अमृत गुरुङ भन्छन् “जिन्दगीमा सबै चिज भोगियो सबै चिज देखियो तर कहिले पनि स्टार हुने कोसिस गरिन र स्टार नहुदा खेरी नै मेरो जिन्दगी धेरै सहज भयो ।
५६ बर्ष पुुगीसकेका अग्रज गायक अमृत गुरुङ लोकपप ब्याण्ड नेपथ्यका संस्थापक हुन् । उनको सरलपन, शालीनताको तारीफ हर कोहिले गर्छ । अन्तर्मुखी स्वभावका अमृत गायकभन्दा पर एक परोपकारी, दयालु र सादगी मान्छे हुन् ।
एक्लै पदयात्रामा निस्कन्छन्, गाउँको गोठमा गएर बस्छन् एउटा स्टारमा हुनुपर्ने यी गुणले उनलाई फ्यानमाझ अनुकरणीय बनाएको छ । उनका रेशम, तालको पानी,रातो र चन्द्र सुर्य,जोमसोमै बजारमा लगायतका थुप्रै गीतहरु हिट छन् ।