मङ्गोलियन हार्ट राजु लामाको जन्मदीन

...

काठमाडौँ। आज लोकप्रीय गायक मङ्गोलियन हार्टका प्रमुख राजु लामाको जन्मदीन । उमेरको कुरा गर्नुपर्दा उनी ५० को हाराहारीमा पुगीसकेका छन् । सिन्धुपाल्चोकस्थित सुनचौर पुख्र्यौली घर भएका राजुु लामाका ७ जना दीदीहरु पछाडीका ८ औ सन्तान हुन् ।

उनकी श्रीमती र एक छोरी छन् जो अमेरीकामा बस्छन् । उनी भने आफ्नो कार्यक्रमको सेड्युल अनुसार कहिले नेपाल कहीले अमेरीका गरीरहेका हुन्छन् । राजुले नेपाली, तिब्बती र तामाङ भाषाहरूमा धेरै गीतहरू गाएका छन् ।

तिमीलाई देखेर, उँभो उँभो खासा म जाँदा, मेरो नेपाल, ओए नाना जस्ता धेरै लोकप्रिय गीतहरू गाएका छन् । उनले गीतका माध्यमबाट नेपाल र नेपालीलाई विश्वभर चिनाएर अविस्मरणीय काम गरेका छन् । उनी गायन रियालीटी सो द भ्वाइस अफ नेपालका कोच पनि हुन् ।