
काठमाडौँ । दीपेन्द्र के खनालद्वारा निर्देशित फिल्म ‘हरिबहादुरको जुत्ता’को डबिङ सुरु भएको छ । निर्माण युनिटले आइतबार मुख्य अभिनेता हरिवंश आचार्यबाट फिल्मको डबिङ सुरु गरेको हो । फिल्मले अनामनगर स्थित सम्राट फिल्म स्टुडियोमा डबिङ सुरु गरेको हो ।
२०८२ को दसैँको फूलपातीमा रिलिज मिति तय गरेको फिल्ममा हरिवंश आचार्य, प्रियङ्का कार्की, प्रकाश सपुत, स्वस्तिमा खडका, किरण केसी, मुरलीधर लगायतका कलाकारको अभिनय छ ।
फिल्म एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको हो । फिल्मका निर्माता सरोज ओली र मोहितवंश आचार्य रहेका छन् । फिल्म सामाजिक र हास्य कथावस्तुमा बन्न लागेको हो ।