बलिउड गायिकाको स्वरमा नेपाली फिल्मको गीत

...

काठमाडौ । चर्चित बलिउड पाश्र्वगायिका संजीवनीले आगामी नेपाली फिल्म ‘माइतीघर’को शीर्षगीतमा आवाज दिएकी छन् । यसअघि सोही नामबाट निर्माण भएको फिल्मको कालजयी गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ‘’को नयाँ संस्करणमा उनलाई सुन्न पाइने भएको हो ।

यसअघि उक्त चर्चित गीतमा आशा भोसलेको आवाज थियो । संगीत जयदेव र शब्द किरण खरेलकै यथावत हुनेछन् । संजीवनीको स्वर र रिकेश गुरुङको एरेन्जमा कुनैबेलाको चर्चित गीतले नयाँ जीवन पाउन लागेको हो ।