कान्स फिल्म अवार्ड विजेता अभिनेत्रीको निधन

...

काठमाडौँ । कान्स फिल्म अवार्ड विजेता बेल्जियमकी अभिनेत्री एमिली डिक्वेनको ४३ वर्षको उमेरमा निधन भएको छ । उनी क्यान्सरबाट पीडित थिइन् । १९९९ मा केवल १८ वर्षको उमेरमा ‘रोसेटा’का सर्वश्रेष्ठ अभिनेत्रीको लागि कान्स फिल्म अवार्ड प्राप्त गरेर उनी चर्चामा आएकी थिइन् ।

२०१२ मा ‘ए पेड्र्रे ला रायसन’को लागि उनले पुनः कान्स फिल्म अवार्ड जितिन् । धेरै चलचित्रहरूमा अभिनय गरेबापत उनले विभिन्न प्रतिष्ठित पुरस्कारहरू पनि पाएकी छिन् । उनले सुरुमा फ्रान्सेली भाषाका चलचित्रहरूमा काम गरिन् । डेक्यून २०१४ मा बीबीसीको टिभी नाटक ‘द मिसिङ’मा एक प्रहरी अधिकारीको भूमिकामा देखा परेकी थिइन् ।

किशोरी केटीको संघर्षको मर्मस्पर्शी कथामा आधारित फिल्म रोसेटा डिक्वेनको पहिलो स्क्रिन भूमिका थियो । एमिली पहिले एउटा खाद्य कारखानामा काम गर्थिन । जागिर गुमाएर बेरोजगार बसिरहँदा उनलाई रोसेटामा खेल्ने प्रस्ताव आएको थियो ।