
काठमाडौँ । ऋषिराज आचार्य निर्देशित चैत ८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म हो ‘द्रौपदी’ । फिल्म सबैले हेर्न पाउने भएका छन् । केन्द्रीय चलचित्र जास समिति ‘सेन्सर बोर्ड’ले फिल्मलाई सबैले हेर्न मिल्ने ‘युनिभर्सल’ प्रमाण पत्र दिँदै सेन्सर पास गरेको हो । यो प्रमाण पत्रसँगै फिल्म सबैले हेर्न पाउनेछन् । फिल्मको सेन्सर पास भएको निर्देशक आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।
कर्णालीको सुन्दरता, त्यहाँको जनजीवन र व्यथालाई प्रस्तुत गरिएको ‘द्रौपदी’को टिजर अनि कर्णाली काटौँला गीतले सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।फिल्ममा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई ‘सुवास’ , प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र ऋषिराज आचार्य स्वयंको पनि अभिनय छ ।