भुवनको ‘मैले बुनेका रहर’लाई पूर्वप्रधानमन्त्री खनालले गरे सार्वजनिक

...

काठमाडौँ । ‘मैले बुनेका रहर’ बोलको गीत एक कार्यक्रमका बिच पूर्व प्रधानमन्त्री झलनाथ खनालबाट सार्वजनिक गरिएको छ । गायक स्वरुपराज आचार्यको स्वरमा रहेको गीतमा सुबास कुमार लम्सालको शब्द छ भने सङ्गीत राम कार्कीको छ । सोमबार काठमाडौंमा आयोजीत कार्यक्रममा पूर्व प्रधानमन्त्री खनाल प्रमुख अतिथिको रुपमा उपस्थित थिए ।

प्रमुख अतिथि खनालले गीतको माध्यमबाट मानिसका रहरहरुको कुरा गरिएको भन्दै सफलताको शुभकामना दिए । गीतको भिडिओमा कलाकार भुवन के. पोखरेल र कुसुम शर्मासँग श्रीधर खनाल र मानसी शर्माको मुख्य अभिनय रहेको छ । भिडिओलाई सुरेश थापाले निर्देशन गरेका हुन् ।

संचारकर्मी श्यामहरी शिवभक्तीले सन्चालन गरेको भिडिओ सार्वजनिक कार्यक्रममा जन साँस्कृत महासंघका केन्द्रिय अध्यक्ष प्रेमनाथ अधिकारी बिशिष्ठ अतिथिको रुपमा थिए । साथै दमन रुपाखेती, तारा केसी, लेखान्त भुसाल लगायतका अन्य कलाकारहरुको पनि उपस्थिती थियो ।