
काठमाडौँ । फिल्म ‘आउटलः दफा २१९’ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । विहिबारबाट रिलिजमा आएको यो फिल्मले दर्शककोे सुखद साथ पाइरहेको छ । विक्की महर्जनको निर्देशनमा अमित अग्रहरिले निर्माण गरेको यो फिल्मले हालसम्म गरेको कमाइको आँकडा सार्वजनिक भएको छ ।
निर्माणपक्षले सार्वजनिक गरेको आँकडामा यो फिल्मले ४ दिनमा २ करोड ३ लाख ग्रस कलेक्शन गरेको उल्लेख छ । निर्माणपक्षले चार दिनको एकमुष्ट आँकडा सार्वजनिक गरेको हो । नायक सुशील श्रेष्ठले पनि दर्शकहरुको अपार माया पाउँदै फिल्मले राम्रो कमाई गरिरहेको उल्लेख गरेका छन् ।
एक्सन तथा सामाजिक कथामा निर्माण भएको यो फिल्मले न्यायको बिषय उठान गरेको छ । फिल्मको कथावस्तु, प्रस्तुति, मेकिङलाई दर्शकले निकै रुचाएका छन् । यहीकारणले पनि दर्शकको आकर्षण फिल्मप्रति बढेको हो । फिल्ममा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला लगायतका कलाकारहरुको अभिनय छ ।