गुलाम अलीको ‘गजल उनकै गीत उनकै’ सार्वजनिक

...

काठमाडौं । पाकिस्तानी गजल गायक उस्ताद गुलाम अली, आमिर गुलाम अली र नाजिर गुलाम अलीको स्वरमा रहेको गजल ‘गजल उनकै गीत उनकै’को भिडियो सार्वजनिक भएको छ । गजलमा मनोज खड्काको शब्द, मिलन मोक्तानको संगीत छ । गजलको भिडियोमा केही दिन अघि ललितपुरमा आयोजित ‘गुलाम अली थ्री जेनेरेसन अन वन स्टेज’ कार्यक्रमका दृश्य समेटिएका छन् । भिडियोमा गुलाम अली नेपाल आउँदा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको स्वागतदेखि उनको कार्यक्रमसम्मको दृश्यलाई स्थान दिइएको छ । प्रज्ञा साउण्ड रेकर्डिङमा रेकर्ड गरिएको गीतमा किरण कँडेलको एरेन्ज छ । गजल तयार गर्न दीप तुलाधरले मुख्य सल्लाहकारको भूमिका खेलेका छन् ।

गजलकार मनोज खड्काले उस्ताद गुलाम अलीको तीन पुस्ताले रेकर्ड गरेको हाल सम्मकै पहिलो ऐतिहासिक गजल रहेको बताए । भिडियोमा गजल तयार पार्दाको दृश्यलाई पनि राखिएको छ । भिडियो मनोज खड्का अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतकार खड्काका केहि कर्णप्रिय गीत बजारमा आईसकेका छन । रामकृष्ण ढकालको स्वरमा गाउघरले सोध्यो परदेशीलाई’, प्रमोद खरेल र त्रिशला गुरुंगको स्वरमा ‘तिमी जे बन उदाहरण बन’ र मेनुका पौडेलको स्वरमा रहेको ‘तेजस्वी अप्सरा’लगायतले नेपाली श्रोतादर्शकको माया पाएका छन्।