वकिल बने गायक,शान्ति श्री परियारसँग ल्याए नयाँ गीत

...

काठमाडौँ ।  पेशाले वकिल बद्री सापकोटाले चर्चित गायिका शान्ति श्री परियारसँगको सहकार्यमा ‘नगर मायाले मुख छुच्चो’ बोलको नयाँ गीत बजारमा ल्याएका छन् । बद्री कै शब्द, संगीत तथा स्वर समावेश यो गीत दिनेश गोर्खाली अफिसियल युट्युव च्यानल मार्फत केही दिन पहिले सार्वजनिक गरिएको हो । गायनमा ४ वर्षदेखि सक्रिय सापकोटाले यो अवधिमा दुई दर्जन बढी गीतमा आफ्नो स्वर भरिसकेका छन् ।

विक्रम चौहान निर्देशित ‘नगर मायाले मुख छुच्चो’ बोलको यस गीतको भिडियोमा विक्रम बुढाथोकी, जुना विश्वकर्मा, दिनेश गोर्खाली र ममता बुढाथोकीले अभिनय गरेका छन् । भिडियोमा लगानी आफैमा व्यवसायी दिनेश गोर्खालीले गरेका हुन् । यस अघि गायक सापकोटाको ‘बस बस पियारी’, ‘यूके बस्ने माया’, ‘ए गौरी’ लगायतका गीतले दर्शक श्रोता माझ राम्रो चर्चा पाएको थियो । उनले चर्चित गायिका समिक्षा अधिकारी र मेलिना राईसँग समेत यस अघिका गीतमा सहकार्य गरिसकेका छन् ।

गोर्खामा जन्मिएका सापकोटाले गायनसँगै वकिल पेशालाई पनि एकसाथ अघि बढाउने योजना रहेको आर्टिष्ट खबरलाई जानकारी दिए । यता भिडियोका मोडल तथा लगानीकर्ता दिनेश गोर्खालीले भने एउटा राम्रो गीतमा जोडिन पाउनु नै खुसीको कुरा भएको बताए । पछिल्लो समय टिकटकमा यो गीतको टुक्कामा भिडियो बनाउने लहर सुरु भएको छ ।