
काठमाडौँ । नौल डिजिटलले ‘अल्लारे’ बोलको नयाँ गीत सार्वजनिक गरेको छ । आकर्षक नृत्य, जीवन्त दृश्यहरू, र परम्परागत तथा आधुनिक नेपाली नृत्यशैलीको फ्युजनमा गीत निर्माण गरिएको छ ।
गीतमा बबिना भट्टराईको स्वर, बीबी थापाको शब्द र रुबिना कुमार श्रेष्ठको संगीत संयोजन रहेको छ । कलाकार बिना राउतको मुख्य अभिनय रहेको भिडिओमा रोशन पुरीको निर्देशन छ भने कोरियोग्राफी राजीव कर्णले गरेका छन् ।
अमेरिकामा लामो समयदेखि बस्दै आएका निर्देशक पुरी, इभेन्ट प्रोडक्सन र म्युजिक भिडियो निर्देशनमा अनुभवी ब्यक्ति हुन् । उनी समय समयमा नेपाल आउने गर्छन् ।