
काठमाडौँ । कलाकार दुर्गेश थापाले SEE परीक्षा अवधिभर कुनै कार्यक्रम नगर्ने घोषणा गरेका छन् । पढाइमा असर पार्न सक्ने भन्दै उनी लेख्छन्..
“प्रिय भाइबहिनीहरू, परीक्षा भनेको केवल अंक ल्याउने माध्यम मात्र होइन, यो मेहनत र इमानदारीको परिक्षा हो । आत्मविश्वासका साथ, धैर्य राख्दै, आफ्नो लक्ष्यप्रति समर्पित हुँदै अगाडि बढ्नुहोस् । मलाई विश्वास छ, सबैजनाले असल नतिजा ल्याएर हाम्रा अभिभावक, शिक्षक र देशलाई गर्व गराउनुहुनेछ । पढाइमा गरिएको लगानी कहिल्यै खेर जाँदैन । सफलता हजुरहरूकै हातमा छ, यसलाई मजबुत बनाउनुहोस । SEE परीक्षा दिनुहुने सम्पूर्ण भाईबहिनिहरुलाई मनैदेखि शुभकामना ।”