महोत्सवमा जमिरहेका पल शाह

...

काठमाडौँ ।यतिबेला नायक पल शाह महोत्सवमा जमिरहेका छन् । नेपालमा आयोजना भैरहेका जति पनि महोत्सव छन्, ती महोत्सवमा अभिनेता पल शाहले नाचेनन् भने त्यो महोत्सव पूरा नभएको मानिन थालिएको छ ।

त्यसैले अहिले पल शाह अहिले महोत्सवका राजा बनेका छन् । महोत्सव भन्ना साथ कुन अभिनेता त भन्दा पल शाह भन्न थालिएको छ । पल शाह पछिल्लो समय फिल्ममा भन्दा महोत्सवमा सक्रीय छन् ।