डेब्युमै हिट सनीशा

...

काठमाडौँ  । दुई वर्षअघि हिमाल सागर र अन्नु चौधरीको स्वर रहेको ए हो र माया बोलको गीतबाट कलाकारीतामा डेब्युु गरेकी सनीशाको हातमा एकपछी अर्को काम आईरहेको छ । उनको डेब्युु गीतले नै रातारात चर्चा पायो। यस गीतमा मा सनिशासँगै मोडल विमल अधिकारी थीए । विमल त्यति बेला पनि म्युजिक भिडिओमा चलेकै मोडल थिए। सनिशा भने भिडिओमा नयाँ अनुहार थिइन्। यो गीतमा उनको मोडलिङ देखेर धेरैले युट्युबमा उनका अरू काम खोजी गरे तर भेट्टाएनन्  ।

’ए होर माया’ नै सनिशाको डेब्यु भिडिओ थियो। गीत छोटो समयमै युट्युबमा करोड पटक हेरियो। गीतको चर्चासँगै सनिशालाई एकपछि अर्को गीतमा मोडलिङका लागि प्रस्ताव आउन थाल्यो। ’ए हो र माया’ गीतबाट मोडलिङमा उदाएकी सनिशाले छोटो समयमै अलग्गै पहिचान बनाइन्। उनले मोडलिङ गरेका ’तिमीलाई हेर्ने बानी पर्‍यो’, ’साइँली’, ’ए आमा जाम भन्यो मलाई’ लगायत थुप्रै म्युजिक भिडिओ रूचाइए।

म्युजिक भिडिओ खेल्न थालेको एक वर्ष पनि पूरा भएको थिएन, उनलाई फिल्म खेल्ने प्रस्ताव आयो। फिल्म ’१२ गाउँ’बाट उनले फिल्ममा पनी डेब्यु गरीन् जुन सुपरडुुपर हीट भयो । र उनले दोस्रो फिल्म ’नरसिंहा अवतार’ मा पनी काम गरीसकेकी छन् ।