
काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ आगामी चैत २४ गते ९अप्रिल ६०मा अस्ट्रेलियामा रिलिज हुने भएको छ । अभिनेता समेत रहेका सलोन बस्नेतको यो डेब्यु प्रोडक्सन फिल्म हो । दम्पतीको सम्बन्धविच्छेद हुँदा यसले बालबालिकामा पार्ने मनोसामाजिक असरको कथा फिल्ममा समेटिएको छ । नेपालका हलमा भने फागुन २ गते प्रदर्शन भैसकेको छ ।
सुरेश न्यौपानेको निर्देशन रहेको फिल्ममा पूर्वमिस नेपाल नम्रता श्रेष्ठको पनि अभिनय छ । नम्रताको यो डेब्यु फिल्म हो । दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको पनि अभिनय छ ।
सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको फिल्ममा सुमन गजमेरको पटकथा, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको नृत्य छ ।