
काठमाडौं । निखिल उप्रेतीको निर्माण तथा निर्देशनमा फिल्म ‘आचार्य’ बन्ने भएको छ । उक्त शीर्षकमा उप्रेतीले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएका छन् । कलाकारमा आफू र संचिता लुइँटेलको नाम राखेर निखिलले निखिल उप्रेती प्रोडक्सन प्रालिको ब्यानरमा फिल्म दर्ता गरेका हुन् ।
‘भैरव’पछि निखिलको यो दोस्रो निर्देशकीय प्रोजेक्ट हुनेछ । अभिनेताको रुपमा उनको यो ७ वर्षपछिको पुनरागमन हुनेछ । उनले पछिल्लो पटक ‘भिलेन’मा अभिनय गरेका थिए ।
‘