सुगम पोखरेलको ‘निलो गहिरो’ सार्वजनिक

...

काठमाडौँ । गायक सुगम पोखरेलको नयाँ गीत ‘निलो गहिरो’ सार्वजनिक भएको छ । गायक सुगमको अलवा नरेश देव पन्तको शब्द रहेको गीतमा सङ्गीत पनि सुगमकै छ । गीतको सङ्गीत संयोजन एन।एक्स मक्सको हो ।

गीतको भिडियोमा गायक सुगमका अलवा यांजी गुरुङ, सोनी तुम्बाहाम्फे, रेजिना श्रेष्ठ, यालुंग हाङ्ग राई र कुन्साङ राईको अभिनय छ । इलामका रमणीय ठाउँहरूमा छायाङ्कन भएको भिडियोमा दिनेश थापा काजीको छायाङ्कन र सुप्रिम पराजुलीको सम्पादन छ ।