
काठमाडौँ । प्रकाश सपूतले निर्देशन र अभिनय गरेको चलचित्र वसन्ताको अफिसियल ट्रेलर सार्वजनिक हुने तयारीमा छ । आगामी शनिबार दिउँसो एक बिशेष कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिदैछ । उक्त सार्वजनिक कार्यक्रमलाई वसन्त साँझ नाम दिइएको छ । उक्त कार्यक्रम बसुन्धारास्थित सिटी स्क्वायर मलमा हुँदैछ । त्यसै कार्यक्रममा गायिका शान्तिश्री परियारले बिशेष प्रस्तुती दिने बताइएको छ । उनीसँगै गायक देवेन्द्र बब्लुले पनि प्रस्तुती दिनेछन् ।
यहि चैत २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रका निर्देशक तथा अभिनेता प्रकाश सपुतका अनुसार कार्यक्रम चैत ९ गते शनिबार ४ बजे सिटी स्क्वायर मल अगाडी आयोजना हुनेछ । वसन्त साँझमा अभिनेत्री स्वस्तिमा खड्का, गायक तथा अभिनेता प्रकाश सपुत, गागिका शान्तिश्री परियार, प्रीति आले तथा देवेन्द्र बब्लुले प्रस्तुती दिनेछन् । चलचित्रका निर्देशक, अभिनेता तथा गायक प्रकाश सपुतले धेरै भन्दा धेरै दर्शकलाई उपस्थित भएर वसन्त साँझलाई भव्य अनि सभ्य बनाउन शुभ चिन्तकमाझ अपिल गरेका छन् ।
गायक प्रकाश सपुतको डेव्यु निर्देशनमा निर्माण भएको चलचित्रमा प्रकास सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा चलचित्रमा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ । चलचित्रको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।
गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा चलचित्रको छायांकन गरिएको हो । गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकिय चलचित्रलाई सुसन प्रजापतिले खिचेका हुन् । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले चलचित्रलाई वितरण गर्नेछन् ।