पहिलोपटक स्टेडियम शो गर्दै दुर्गेश

...

काठमाडौं । कलाकार दुर्गेश थापाले पहिलोपटक स्टेडियम शो गर्ने भएका छन् । दशरथ रंगशालामा दुर्गेशले पहिलोपटक सांगीतिक प्रस्तुति दिन लागेका हुन् । नेपाल सुपर लिगको ओपनिङ सेरोमोनीमा दुर्गेशले गीत गाउनेछन् ।

केही नयाँ अनुभव हुने अपेक्षा रहेको उनले बताएका छन् । ‘नेसनल सुपर लिग’ चैत १६ गते सुरु हुँदै छ । सोही दिन दुर्गेशले १५ हजारभन्दा रहेका दर्शकमाझ गीत गाउनेछन् ।