
काठमाडौं । फिल्म एक्टर टेक वानबाट अभिनय क्षेत्रमा पाइला बढाएकी अभिनेत्री दिव्या रायमाझीलाई लिएर अहिले धेरै निर्माता फिल्म बनाउने सोचमा छन् । दिव्या डेब्यु फिल्म रिलिज नहुँदै अर्को दोस्रो फिल्म पिताम्बरको सूटिङमा व्यस्त भैसकेकी थिइन् । अहिले दिव्या एक पछि अर्को प्रोजेक्टहरुमा व्यस्त भइरहेकै छिन् । उनी यति बेला एउटा एजुनकेशन कन्सल्टेन्सीको ब्यान्डएम्बेसडर पनि बनेकी छिन् । दिव्या प्रोफाइल इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीमाल ब्राण्ड एम्बेसडरमा नियुक्त भएकी छिन् ।
आइतवार काठमाडौंमा आयोजित एक समारोहबीच कन्सल्टेन्सीका प्रमुख नवराज प्रसाईंले उनलाई एम्बेसडरको घोषणा गरेका हुन् । कार्यक्रममा अभिनेत्री रायमाझीले उक्त कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडर बन्न पाउँदा एकदमै खुसी लागेको भन्दै आगामी दिनहरुमा यस कन्सल्टेन्सीको माध्यमबाट विद्यार्थीहरुलाई सहयोग र गाईड गर्ने प्रतिबद्धता जनाइन् ।
दिव्या भन्छिन् ‘विगत ७ वर्षदेखि नै यस कन्सल्टेन्सीले विद्यार्थीहरुरुको हितमा काम गरिरहेको यो नै ठूलो सफलता हो जस्तो लाग्छ । कन्सल्टेन्सीलेको काम देखेरै मलाई साँच्चै खुसी लागेको छ । आगामी दिनहरुमा कन्सल्टेन्सीका माध्यमबाट विद्यार्थीहरुलाई सहयोग र गाइड गर्नेछु ।’
त्यस्तै कन्सल्टेन्सीका प्रमुख प्रसाईले युवा पुस्तामाझ लोकप्रिय तथा चर्चित अभिनेत्री दिव्या रायमाझी प्रोफाइल इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको व्राण्ड ऐम्बेसडरको रूपमा नियुक्ति गराउन पाउँदा निकै खुसी लागेको बताए । त्यस्तै अभिनेत्री दिव्या रायमाझीको उपस्थितिमा मार्च २७ का दिन संस्थाले यूके एडमिसन डे शैक्षिक मेलाको आयोजना गर्न लागेको पनि उनले जानकारी गराए ।