
काठमाडौँ । गायक कमल खत्री दम्पतिलाई पुत्र लाभ भएको छ । उनले यो खुशी सामाजिक सञ्जाल मार्फत साटेका छन् ।
आज जीवनको सबैभन्दा अविस्मरणीय दिन मध्य एक बनेको छ। पहिलो पटक बाबु-आमा बन्न पाउँदा जुन खुशी अनुभूति गरिरहेको छु, त्यो शब्दमा व्यक्त गर्न गार्हो छ। मेरो परिवारमा न्यानो उज्यालो लिएर आएको मेरो सानो राजकुमारलाई स्वागत छ । यस विशेष अवसरमा, सम्पूर्ण अस्पतालको डाक्टर, नर्स र सम्पूर्ण स्वास्थ्यकर्मीलाई मुरी मुरी धन्यवाद दिन चाहन्छु जसले यो यात्रालाई सुरक्षित र सहज बनाउनु भयो। साथै, मेरो परिवार, आफन्तजन, र साथीभाइलाई पनि मनदेखि नै आभार व्यक्त गर्न चाहन्छु जसले माया, आशीर्वाद, र हौसला दिनु भयो। तपाईं सबैको मायाले मेरो परिवार अझ पूर्ण भएको महसुस भएको छ।