हरिवंश आचार्यले गरे सरकारको आलोचना

...

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णय चौतर्फी आलोचित भइरहेको छ । राजनीतिक दलका नेतादेखि कलाकारसम्मले सरकारको यस निर्णयको विरोध गरिरहेका छन् । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले पनि यस विषयमा सरकारको आलोचना गरेका छन् । उज्यालोको नायक मानिएका घिसिङलाई हटाएर सरकारले ठिक नगरेको उनको भनाइ छ ।

उनले भनेका छन्– कुलमान नेपाली कुलकै उज्यालो हुन्,अन्धकार बनाउन हुँदैन थियो ।

haribansa